पोर्चुगलमा नेपाली युवाले गरे आत्महत्या

काठमाडौं । दुई वर्षअघि मात्रै रोजगारीको लागि पोर्चुगल पुगेका कन्चनपुरका एक नेपालीले आत्महत्या गरेका छन्।अल्गार्भ क्षेत्रको एक कृषि कम्पनीमा कार्यरत तर्कराज भट्टले झुण्डिएर आत्महत्या गरेका हुन्।
अल्बुफेइरा नजिकै अल्मोग्राफ जियामा बस्दै आएका भट्टले बिहीवार बिहान घर नजिकैको रुखमा पासो लगाएर आत्महत्या गरेका हुन् । मृतक भट्टको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको बताइएको छ।
भट्ट त्रिचन्द्र कलेजबाट आइएस्सी पास गरेर शिक्षण पेशामा संलग्न थिए । उनले केही समयअघि मात्रै अस्थायी बसोबास अनुमति पत्र पाएका थिए ।
पछिल्लो एक महिनामा पोर्चुगलको नेपाली समुदायमा आत्महत्याको यो दोश्रो घटना हो । एक महिनाअघि मात्रै चितवनका तोक नारायण गुरुङले आत्महत्या गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ११:४२:००
प्रतिक्रिया