किर्गिस्तान सीमामा झडप हुँदा २ को मृत्यु

काठमाडौं – ताजिकिस्तान र किर्गिस्तान सीमामा बिहीबार भएको झडपमा दुई जनाको मृत्यु भएको छ।
उक्त झडपमा परी छ सैनिकसहित १० जना घाइते भएको ताजिकिस्तानको राष्ट्रिय सुरक्षाको राज्य समितिले शुक्रबार जनाएको छ।
‘सीमा द्वन्द्वको परिणाम स्वरूप ताजिक पार्टीका छ जना सैनिक र चार सर्वसाधारण सहित १० जना घाइते भएका छन्’ खोवर समाचार एजेन्सीले उल्लेख गरेको छ ।
घटनामा मृत्यु हुनेमा एम्बुलेन्स चालक र एक गाउँले रहेको जनाइएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १३:२८:००
ताजा अपडेट
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
प्रतिक्रिया