NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

अन्तरिक्षमा भेटियो रहस्यमय चम्किलो वस्तु, हरेक २० मिनेमा प्रशासित गर्छ रेडियो तरंग

काठमाडौं । अन्तरिक्षमा हरेक गतिविधिप्रति निगरानी राख्दै आएका वैज्ञानिक एक नयाँ घटनाका कारण अचम्मित बनेका छन् ।

वैज्ञानिकले पृथ्वीबाट ४ सय प्रकाश वषएको दूरीमा हरेक २० मिनेटमा अन्तरालमा एक रेडियो सिग्नल प्रसार भइरहेको फेला पारेका छन् ।

यस्तो रेडियो सिग्नल यसअघि कहिल्यै अनुभव गरिएको थिएन । जब वैज्ञानिकले यसको परीक्षण गरे तब उनीहरू हैरानीमा परे । आखिर यो सिग्नल के हो भन्ने कौतुहलताले वैज्ञानिकबीच बहस छेडिएको थियो ।

ठ्याक्कै यही हो भनेर किटान गर्न नसकिने नासाले जनाएको छ । यो सिग्नलमाथि नासाले अनुसन्धान जारी राखेको छ । अन्तरिक्षमा पृथ्वीबाट ४ सय प्रकाश वर्षको दूरीमा एक पिण्ड रहस्यय तरिकाले उपस्थित छ ।

डेली मेलका अनुसार वैज्ञानिकले यो वस्तु एक न्यूट्रन तारा या एक मजबुत चुम्बिकीय क्षेत्रका साथ एक सेतो ताराको अवशेष हुनेसक्ने आंकलन गरेका छन् । या त अन्य कुनै अलग प्रकारको वस्तु हुनसक्नेतर्फ पनि संकेत गरिएको छ ।

अन्तरिक्षमा पहिलोपटक यो वस्तु सन् २०१८ मा देखिएको थियो । प्रतिघण्टा तीन पटक रेडियो सिंग्नल तथा ऊर्जा जारी गर्ने गरेको छ ।

मिडिया रिपोर्टसका अनुसार जब यो वस्तु एक रेडियो सिग्नल उत्सर्जन गर्छ, तब पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो रेडियो तरंगमा परिणत हुने गरेको छ ।

यो एक आकाशिय प्रकाश स्तम्भ जस्तै देखिन्छ । यसले तरंगका साथै भारी मात्रामा ऊर्जा पनि उत्सर्जन गर्ने गरेको वैज्ञानिकले बताएका छन् । अस्ट्रेलियाकी वैज्ञानिक नताशा हर्ले वाकरको नेतृत्वमा शोधकर्ताले उक्त वस्तुको खोजी गरेका छन् ।

नताशाको टिमले अन्तरिक्षमा रेडियो तरंगको म्यापिङ गरिरहेका बेला उक्त वस्तुको खोज भएको हो । वैज्ञानिकले निरीक्षणका क्रममा यो वस्तु कुनै बेला देखिने र कुनै बेला गायब हुने गरेको उल्लेख गरेका छन् । यो एक अप्रत्याशित घटना हो ।

यस्तो भयानक घटना यसअघि कहिल्यै निरिक्षण नगरिएको वैज्ञानिकले बताएका छन् । डा. नताशाले भनिन्, ‘हाम्रो यो खोज पृथ्वीबाट ४ सय प्रकाश वर्षको दूरीमा रहेको छ । यो हाम्रो आकाश गंगाको ठिक पछाडि अवस्थित छ ।’

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १५:२७:००