कोरोना जाेखिम भएको भन्दै आज बोलाइएको संसद् बैठक स्थगित
काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् सचिवालयका अनुसार कोरोना संक्रमणको जोखिमका कारण बैठक स्थगित गरिएको हो ।
सचिवालयले जारी गरेको सूचना अनुसार अब अर्को बैठक १० दिनपछि अर्थात् माघ २६ गते बस्ने भएको छ । शनिबार नै सचिवालयले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेकाले आइतबार बोलाइएको बैठक स्थगित गरिएको जनाएको छ ।
प्रतिक्रिया