चोरिएको बालाकुमारीको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख पुरस्कार घोषणा

काठमाडौं । आइतबार राति ललितपुरको सुनाकोठीमा रहेको बालाकुमारी माईको मूर्ति चोरी भएको थियो । उक्त मूर्तिबारे अझै केही जानकारी पाउन सकिएको छैन ।
ललितपुर महानगरपालिका–२७ स्थित बालाकुमारी मन्दिरबाट चोरिएको उक्त मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।
गुठीले सूचना जारी गर्दै मूर्तिबारे विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ नघट्ने गरी पुरस्कार दिने घोषणा गरेको हो । शुक्रबार बसेको गुठीको बैठकले मूर्ति चोरीमा संलग्न, अथवा मूर्तिबारे सूचना दिनेलाई पुरस्कार दिने निर्णय गरेको थियो ।
यसमा अनुसन्धान गर्न हाल महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया