अवैध सम्बन्ध लुकाउन १० वर्षीय बालिकाको हत्या , एक जना पक्राउ
बारा । अवैध सम्बन्ध लुकाउन १० वर्षीय बालिकाको हत्या गरेको आरोपमा पर्सा प्रहरीले एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ४० बर्षीय मोतोलाल प्रसाद कुर्मी रहेका छन् ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ घर भई र हाल वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्दै आएकी १० बर्षीय रिजवान महतोको हत्या गरेको आरोपमा कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
बालिकाको शव गत पुस २४ गते वीरगंज महानगरपालिका वडा नम्बर १६ मा रहेको कंचनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको उत्तरपट्टि चेपमा टाउकोमा ढुङ्गा प्रहार भएको अवस्थामा फेला परेको थियो ।
प्रहरी नायब उपरीक्षक खनालका अनुसार घटनास्थलमा फेला परेका प्रमाण र पीडितको परिवारजन बाट प्राप्त किटानी जाहेरीको आधारमा कुर्मीले अवैध सम्बन्ध लुकाउन बालिकाको हत्या गरेका छन् । पक्राउ परेका कुर्मीमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता खनालले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया