NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

स्थानीय तह निर्वाचन २०७४ : यस्तो छ एमाले, कांग्रेस र माओवादी केन्द्रको सिट संख्या

काठमाडौं । विपक्षी एमालेसहित व्यापक जनदबावपछि पाँच दलीय गठबन्धनले जेठमा स्थानीय तहको चुनावको मिति तोक्न सरकारलाई सूझाव दिने सहमति गर्‍यो ।

शनिबार दुई चरणमा बसेको गठबन्धन दलको बैठक यसअघि आफैंले गरेको सहमतिबाट पछि हट्न बाध्य भयो । संविधान र कानूनमा देखिएको अस्पष्टता हटाई निर्वाचन आयोगसँगको परामर्शमा सरकारले उपयुक्त समयमा चुनावको मिति तोक्ने गरी दलहरूबीच सहमति भएपछि चुनावको अन्योलता तत्कालका लागि अन्त्य भएको छ ।

करिब २० वर्षपछि २०७४ मा पहिलोपटक भएको स्थानीय तहको चुनावमा नेकपा एमाले पहिलो दल भयो । दोस्रोमा नेपाली कांग्रेस भयो । त्यस्तै तेस्रोमा माओवादी केन्द्रले विजय हासिल गरेको थियो ।

७५३ स्थानीय तहमा देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका रहेका छन् । ७७ जिल्लामा जम्मा ६ हजार ७ सय ४३ वडा रहेका छन् । चुनावमा भाग लिएका २१ दलमध्ये स्थानीय तहमा १७ दलबाट ३५ हजार ९ सय २२ जनप्रतिनिधि निर्वाचित भएका थिए ।

तीन चरणमा भएको चुनावमा एमालेले प्रमुख १२३, उपप्रमुख १३७, अध्यक्ष १७१, उपाध्यक्ष १९४, वडा अध्यक्ष २५६०, वडा सदस्य १०९१५ गरी जम्मा १४ हजार १०० सिटमा विजयी भएको थियो ।

कांग्रेससँग तालमेल गरी चुनावमा भाग लिँदा सबैभन्दा घाटा माओवादी केन्द्रलाई भएको देखिन्छ । कांग्रेसको सहकार्यमा उसले एमालेलाई देशभर चुनौती दिने अपेक्षा गरे पनि सोही अनुसार चुनावी परिणाम नआएपछि प्रचण्ड झस्किएका थिए ।

नेकपा हुँदै एमालेसमेत गत भदौ २ मा विभाजन भएपछि सात प्रदेशको स्थानीय तहबाट जम्मा २०२ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा गएका थिए ।

पार्टी विभाजन पछि एमालेलाई खासै असर गरेको देखिँदैन । यद्यपि चुनावी माहोलसम्म दल अदलबदल हुने सम्भावना जारी नै रहने छ ।

कांग्रेस–माओवादी गठबन्धनले अपेक्षा गरे अनुसार जित हाँसिल गर्न सकेन । गठबन्धनतर्फ कांग्रेसले देशभर प्रमुख १०५, उपप्रमुख ८४, अध्यक्ष २६१, उपाध्यक्ष १३९, वडा अध्यक्ष २२८७, वडा सदस्य ८६८० गरी जम्मा ११ हजार ४५६ सिटमा विजय हासिल गरेको थियो ।

त्यस्तै माओवादी केन्द्रले प्रमुख ३४, उपप्रमुख ४३, अध्यक्ष ७२, उपाध्यक्ष ६८, वडा अध्यक्ष ११०२, वडा सदस्य ४१२१ गरी जम्मा ५ हजार ४४० सिटमा विजयी हासिल गरेको थियो ।

कांग्रेससँग तालमेल गरी चुनावमा भाग लिँदा सबैभन्दा घाटा माओवादी केन्द्रलाई भएको देखिन्छ । कांग्रेसको सहकार्यमा उसले एमालेलाई देशभर चुनौती दिने अपेक्षा गरे पनि सोही अनुसार चुनावी परिणाम नआएपछि प्रचण्ड झस्किएका थिए ।

प्रदेश र संघीय चुनावमा कांग्रेससँगको सहकार्य भंग गरी एमालेसँग गठबन्धन गरी माओवादीले चुनावमा भाग लिएको थियो ।

अहिलेकै अवस्थामा स्थानीय तहको चुनाव भए सबैभन्दा रेड जोनमा एकीकृत समाजवादी देखिएको छ । माओवादी केन्द्रलाई पनि स्थानीय तह महंगो सावित हुने देखिन्छ ।