एमसिसीमा विदेशीसामू घुँडा टेक्ने देउवा नेपालीकाे प्रधानमन्त्री कि विदेशीको ? : रावल
काठमाडाैं । एमाले नेता भीम रावलले एमसिसी सम्झौतामा प्रधानमन्त्रीको भूमिकाले सन्देह पैदा गरेको बताएका छन् ।
सामाजिक संजालमा लेख्दै नेता रावलले एमसिसी पारित नभए गठबन्धन सरकार नै भंग गरिदिने चेतावनी दिने प्रधानमन्त्री विदेशीको कि नेपालीको भन्दै रावलले प्रश्न उठाएका हुन् ।
‘प्रमं देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे !! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रमं कि विदेशीको ? जनतालाई जवाफ दिनुहोस् ।’ रावलले ट्वीटरमा लेखेका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया