काठमाडौं ट्रिएनाले गराउँदै छ विश्वभरका कलाकार र तिनको कलासँग साक्षात्कार

काठमाडौं । चालीसभन्दा धेरै देशका झण्डै ३०० कलाकृति र त्यसलाई निर्माण गर्ने १०० कलाकारसँग काठमाडौंमा साक्षात्कार गर्न पाइने भएको छ ।
यो महत्त्वपूर्ण अवसरको चाँजोपाँजो मिलाउँदै छन्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट फाउन्डेसन ।
मन्त्रालय र फाउण्डेसनको संयुक्त सहकार्यमा गत वर्ष नै प्रदर्शनी तय थियो । तर कोभिड–१९ महामारीले अन्तिम मितिमा स्थगित हुन पुग्यो ।
नेपालका असंख्य कलात्मक प्रतिभा र कथाहरू प्रस्तुत गर्न र तिनलाई यस क्षेत्रभन्दा बाहिरका परिदृश्यमा पनि संलग्न गर्न प्रदर्शनी आयोजना गरिएको कार्यक्रमकी संस्थापक अध्यक्ष संगीता थापाले जनाएकी छन् ।
अन्तराष्ट्रिय कला महोत्सवको रूपमा परिचित काठमाडौं ट्रियना यही माघ २८ देखि फागुन २७ सम्म हुनेछ ।
ट्रिएनाका लागि रोजिएका प्रत्येक स्थानले सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेका छन् । जसमा पाटन संग्रहालय, बहादुर शाह बैठक, पाटन, नेपाल आर्ट काउन्सिल, तारागाउँ संग्रहालय र सिद्धार्थ आर्ट ग्यालरी छन् । जहाँ विश्वका कलाकारले आफ्नो कला पस्किने छन् भने कलाका पारखीले धीत मर्नेगरी त्यसको मजा लिन पाउने छन् ।
प्रदर्शनीका निम्ति रोजिएको पाटन संग्रहालय १४ औंदेखि १८ औं शताब्दीसम्म मल्ल वंशका राजाहरूको राजकीय निवास हो । बहादुर शाह बैठक गोरखाका शाहवंशीय शाषकहरूद्वारा सैन्य रणनीति निर्माण गर्न बनाइएको थियो ।
नेपाल आर्ट काउन्सिल सन् १९६२ मा राजा महेन्द्रको संरक्षकत्त्वमा निर्मित नेपालका विशालतम् कला प्रदर्शनी स्थलमध्ये एक हो । छनौटमा परेका अन्य स्थानको पनि आ–आफ्नै ऐतिहासिक महत्ता छन् ।
काठमाडौं ट्रिएना १ वर्षअघि २०७७ को मंसिरमा तय थियो । कोरोना महामारीले स्थगित प्रदर्शनी माघ २८ बाट हुन लागेको हो ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया