प्रचण्डले देउवासँग भने : संशोधन नगरी एमसिसी संसद्मा लैजानै हुँदैन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पुरानै अडान दोहार्याएका छन् ।
आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको प्रचण्डले पुरानै अडान दोहार्याएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लिएर बालुवाटार पुगेका थिए ।
सो अवसरमा प्रचण्डले संशोधनबिना एमसिसी पारित गर्न नसकिने स्पष्ट पार्दै संशोधन नगरी संसद्मा लैजानसमेत नहुने धारणा राखेका छन् । जसलाई नेता नेपालले पनि समर्थन गरेको बताइएको छ ।
प्रचण्डले यसअघिका भेटमा पनि कांग्रेस सभापतिसमेत रहेका देउवालाई एमसिसी संशोधन नगरी पास गर्न नहुने बताउँदै आएका थिए ।
पार्टीभित्र देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भूसाल, गिरीरामणि पाखेरेल लगायतका एमसिसीको विपक्षमा खुलेरै लागिरहेका छन् । साथै, माओवादीमा एमसिसीका पक्षमा जनमत बढी रहेको बताइएकमो छ ।
यसर्थ, प्रचण्ड पछि सरेको विश्लेषण गरिएको छ । स्वयम् प्रचण्डले कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा यथास्थितिमा एमसिसी पास नगर्ने बताउँदै आएका छन् ।
एमसिसी पास गर्न संसद्को दुई–तिहाई बहुमत आवश्यक छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया