सामुदायिक वनबाट काठ तस्करी गरेको आरोपमा एक पक्राउ

उदयपुर । उदयपुरको सामुदायिक वनबाट काठ तस्करी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
बेलाका नगरपालिका वडा नम्बर–८ बस्ने आकाश साहलाई प्रहरीले पक्राउ गरेको हो ।
बेलाका नपा – ८ र ९ मा पर्ने माछापुछ्रे सामुदायिक वन उपभोक्ता समूहबाट अवैधरूपमा साँखु जातको काचो गोलिया काठ २३.५ किबी तस्कर गरी आफ्नै घरपछाडि लुकाएर काटिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
साहले सामुदायिक वनमा पटक–पटक तस्कर गर्ने गरेको गोप्य सुराकीका आधारमा इलाका प्रहरी कार्यालय, बेलाले पक्राउ गरी जिल्ला वन कार्यालयलाई बुझाइएको हो ।
उनको साथमा काठसँगै चिरानमा प्रयोग भएका आरालगायत हतियार पनि भेटिएको उदयपुर प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया