NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कुनै समय कार चोर्ने युवती बनिन् ६ घण्टामै करोडपति

काठमाडौं । कुनै समय कार चोरी गर्ने एक युवती आफ्नो हिंस्रक स्वभावकै कारण चर्चित भइन् । उनी त्यति स्वभावकै कारण १८ वर्षको उमेरमा करोडपछि बनेकी छिन् ।

जब उनले इरोटिक साइटमा वनली फ्यान्समा इन्ट्री गरिन् तब पहिलो ६ घण्टामै सात करोड रुपैयाँ कमाउन सफल भइन् ।

डेली स्टारको रिपोर्ट अनुसार भद भाबीबाट चर्चित एक १८ वर्षीया युवती मात्र १२ वर्षको उमेरमा नै डीआरफिल शोमा आएपछि चर्चामा आएकी थिइन् ।

उनले कुनै समय आफूले कार चोरी गर्ने गरेको स्वीकारेकी छिन् । साथै आमाको क्रेडिट कार्डबाट रकम चार्ने गरेको पनि बताएकी थिइन् ।

उक्त शोको एक क्लीप यति भाइरल भएको थियो कि उनले युट्युबबाटै ८ करोड रुपैयाँ कमाएकी थिइन् । अहिले उनी वनली फ्यान्स र र्याप म्युजिकका कारण उनी करोडपति बनेकी छिन् ।

अहिले उनी मात्र १८ वर्षकी छिन् । उनीसँग यति पैसा छ कि कुनै काम नगरेरै पूरा जीवन बिताउन सक्छिन् ।

डीआर फिल शोमा सहभागी भएपछि उनी सबैभन्दा कम उमेरकी र्यापर बनेकी थिइन् । पछि उनले एटलान्टिक रेकर्डिङकाे साथमा एक रेकर्ड पनि साइन गरेकी थिइन् ।

उनको र्याप नाम पनि भद भाबी हो । स्पोटफीमा उनका मासिक स्रोता ३० लाखभन्दा अधिक छन् । उनले टोरी लेनज, लिल बेबी र कोडल ब्ल्याक जस्ता कलाकारको साथमा पनि काम गरेकी छिन् ।