रद्द विज्ञापनमा १० औं तहका चिकित्सकको बढुवा, लोकसेवाको पत्रपछि सच्याइयो त्रुटि

काठमाडौं । कुनै पनि कर्मचारी बढुवा हुन सबैभन्दा पहिले माथिल्लो पद रिक्त हुनुपर्छ । पद रिक्त भएर मात्र पनि पुग्दैन, बढुवाको विज्ञापन खुल्नुपर्छ । त्यस्ता विज्ञापनमा प्रतिस्पर्धीभन्दा अब्बल सावित भएमा मात्रै माथिल्लो पदमा जान पाइन्छ । कुनै अवस्थामा प्रतिस्पर्धा नहुन सक्छ । प्रतिस्पर्धा नभए पनि आवश्यक प्रक्रिया पूरा नगरी पदोन्नति गर्न पाइँदैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भने विज्ञापन नै नगरिएको पदमा बढुवा गरिएको अनौठो प्रकरण बाहिर आएको छ । १० औं तहका चिकित्सक डा. भूपेन्द्रकुमार बस्नेतलाई रद्द भइसकेको ११ औं तहको प्रमुख कन्सल्टेण्ट ग्यास्ट्रोइन्टेरोलोजीमा बढुवा गरिएको हो ।
प्रमुख कन्सल्टेण्ट ग्यास्ट्रोइन्टेरोलोजीमा कार्यक्षमता मूल्यांकनद्वारा बढुवाका लागि निकालिएको विज्ञापन स्वास्थ्यले गत कात्तिक महिनामा रद्द गरेको थियो । विज्ञापन नै रद्द भइसकेपछि सो पदमा बढुवाको च्याप्टर क्लोज भइसकेको थियो । तर त्यसको तीन महिना गुज्रन नपाउँदै त्यही विज्ञापनमा डा. बस्नेतको बढुवा गरियो ।
स्वास्थ्यको असंगत कार्यपछि लोक सेवा आयोगले बदर गर्न पत्राचार गरेको थियो । जसलाई स्वास्थ्यले सच्याएको छ ।
बढुवा समितिको यही माघ १४ को निर्णयअनुसार बस्नेतको बढुवा बदर गरिएको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया