‘शीर कटाउन तयार छौं तर राष्ट्रघात हुन दिँदैनौं : सुदन किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले आठौं महाधिवेशनको निर्देशनविपरीत राष्ट्रघात हुन नदिने जिकिर गरेका छन् । उनले देशको अगाडि सरकार केही नभएको भन्दै आवश्यक परे शीर कटाउन तयार रहेको टिप्पणी गरे ।
‘सरकार त के बरु हामी देशको लागि शीर कटाउन तयार छौं,’ मंगलबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर हामीबाट राष्ट्रघात हुनेछैन । आठौं महाधिवेशनको निर्देशन र हाम्रो छातीभित्रको देशभक्ति भावनाले यही भन्छ ।’
पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसिसी) संसदबाट पारित गर्न गठबन्धन दलहरूसँग ताकेता गर्न थालेका छन् । यसले सत्तारूढ माओवादी केन्द्रभित्र तीव्र हलचल उत्पन्न भएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया