NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

ग्लोबल आईएमई : पुँजी र नाफामा अग्रता, सेवा चुस्त

ग्लोबल आइएमई बैंक खुद नाफा, वितरणयोग्य नाफा, शुल्क तथा कमिसन आम्दानी, शेयर पुँजीजस्ता सूचकका आधारमा बैंक पहिलो नम्बरमा छ । साथै शाखा सञ्जाल, दक्ष जनशक्ति, ब्राण्ड इमेजमा समेत अग्र स्थानमा रहेको छ ।

बैंकले पाँच वर्षका लागि गत वर्षदेखि ‘लक्ष्य २०२५’ को रणनीतिक कार्यक्रम ल्याएको छ । डिजिटलाइजेसनमा केन्द्रित हुने, ‘अटोमेसन’ गर्दै लैजाने, डिजिटल प्रडक्टहरू बेच्ने बैंकको रणनीति छ ।

ग्लोबलमा कारोबार गर्न सजिलो छ । जुनसुकै जिल्लामा गए पनि ग्राहकले बैंकबाट सहज सुविधा लिन सक्छन् । डिपोजिटमा आकर्षक ब्याजदर, कर्जा प्रवाहमा पनि अरू बैंकभन्दा फरक फरक अभ्यास गरिएको छ ।

बैंकमध्ये ग्लोबलसँग सबैभन्दा धेरै पुँजी छ । यसले बैंकको नाफाको आकार ठूलो बन्न पुगेको छ । ग्लोबल आईएमई बैंक अहिले देशको एउटा जिल्लाबाहेक सबै जिल्लामा पुगिसकेको छ

ग्लोबल आइएमई खुद नाफामा बृद्धिसँगै दोस्रो त्रैमासमा अग्रस्थानमा

नेपालमा हाल २७ वटा वाणिज्य बैंक छन् । जसमध्ये अहिले एनआइसी एशिया, ग्लोबल आइएमई र नबिल बैंक प्रतिस्पर्धामा देखिन्छन् । त्यसो त अरु बैंकबीच पनि प्रतिस्पर्धामा व्यावसायिक प्रतिस्पर्धा छ ।

ग्लोबल आइएमई बैंक खुद नाफा, वितरणयोग्य नाफा, शुल्क तथा कमिसन आम्दानी, शेयर पुँजीजस्ता सूचकका आधारमा बैंक पहिलो नम्बरमा छ । साथै शाखा सञ्जाल, दक्ष जनशक्ति, ब्राण्ड इमेजमा समेत अग्र स्थानमा रहेको छ

तर बैंकहरूले चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार २ अर्बभन्दा बढी मुनाफा आर्जन गर्नेमा भने यी तीन वटा बैंक रहेको छ । चालु आवको पहिलो ६ महिनामा सबैभन्दा बढी नाफा कमाएर ग्लोबल आइएमई बैंक देशको नम्बर वान बैंक बन्न पुगेको छ ।

खुद नाफा, वितरणयोग्य नाफा, शुल्क तथा कमिशन आम्दानी, शेयर पूँजी जस्ता सूचकमा बैंक पहिलो नम्बरमा छ । साथै शाखा संजाल, दक्ष जनशक्ति, ब्राण्ड इमेजमा समेत बैंक अग्र स्थानमा छ ।

 

ग्लोबल देशकै ‘नम्बर वान’ बैंक

प्रतिस्पर्धाको समयमा आफ्नो संस्थालाई अब्बल साबित गर्न बैंकहरूले आ–आफ्नो तवरको प्रयत्न जारी राखेका हुन्छन् । यिनै प्रयत्नहरूमा ग्लोबल आइएमई धेरै भन्दा धेरै ग्राहकलाई सेवाको मालामा जोड्न निरन्तर लागिरहेको छ ।

यसरी धेरै ग्राहकको विश्वास जित्दै उनीहरूसँग जोडिएकै कारण आर्जित मुनाफाका आधारमा यो बैंक चालु आवको दोस्रो त्रैमासमा पहिलो नम्बरमा आउन सफल भएको छ । यसका पाँच वटा प्रमुख कारण छन् । पहिलो त्रैमासमा कर्जामा भएको वृद्घि यसको पहिलो कारण हो । पहिलो त्रैमासमा कर्जामा राम्रो वृद्घि भएको कारण दोस्रो त्रैमासमा आम्दानी पनि बढ्न गई मुनाफामा वृद्धि भएको बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) महेश शर्मा ढकाल बताउँछन् ।

दोस्रो असुली । पहिलो त्रैमासमा जसरी बैंकले कर्जा प्रवाहमा वृद्घि गर्न सफल भएको थियो, दोस्रो त्रैमासमा भने बैंकको कर्जा प्रवाह प्रभावकारी हुन सकेन । त्यसको कारण बैंकिङ क्षेत्रमा देखिएको चर्को तरलताको समस्या भएको ढकाल बताउँछन् । तर बैंकले दोस्रो त्रैमासमा असुलीमा केन्द्रीत गर्‍यो ।

बैंकले पाँच वर्षका लागि गत वर्षदेखि ‘लक्ष्य २०२५’ को रणनीतिक कार्यक्रम ल्याएको छ । डिजिटलाइजेसनमा केन्द्रित हुने, ‘अटोमेसन’ गर्दै लैजाने, डिजिटल प्रडक्टहरू बेच्ने बैंकको रणनीति छ

तेस्रो, गैरकोषमा आधारित आयका स्रोतको वृद्धि, चौथो, शुल्क तथा कमिशन आम्दानीमा गरिएको वृद्धि र पाँचौं कारण कर्मचारीको मिहिनेत । उनी भन्छन्, ‘हामीले थप मिहिनेत पनि गर्‍यौँ । सबै कर्मचारीको मिहिनतले गर्दा बैंक अझ राम्रो बन्न गएको छ । कर्मचारीहरूको मेहनत र लगनशीलताको नतिजा आज देखिएको छ ।’

यी कारणहरूले गर्दा ग्लोबल आईएमई बैंक पहिलो नम्बर बन्न पुगेको ढकालले जानकारी दिए । त्यस्तै जुन निक्षेपमा आम्दानी बढेको छ, त्यही अनुसार खर्च बढ्न नसकेको कारण बैंकले खर्चमा समेत नियन्त्रण गर्दा बैंक पहिलो नम्बर हुन सफल भएको उनको भनाइ छ ।

यस्तो छ बैंकको वित्तीय विवरण

दोस्रो त्रैमासमा ग्लोबलले गत वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत खुद नाफा वृद्घि गरेको छ । गत वर्ष २ अर्ब ३१ करोड रूपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ६६ करोड रूपैयाँ नाफा कमाएको हो ।

दोस्रो त्रैमासमा बैंकको निक्षेप पनि बढेको छ । गत वर्षको सोही अवधिको तुलानामा बैंकको निक्षेप ३ अर्ब रूपैयाँले बढेको हो । गत वर्षको सोही अवधिमा बैंकले २ खर्ब ६८ अर्ब निक्षेप संकलन गरेकोमा चालु आवको दोस्रो त्रैमासमा २ खर्ब ७१ अर्ब निक्षेप संकलन गरेको छ ।

बैंकको खुद व्याज आम्दानी गत वर्षको सोही अवधिको तुलानमा २ अर्ब रूपैयाँले बढेको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब ७७ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ४ अर्ब ७९ करोड रूपैयाँ खुद आम्दानी गरेको हो ।

ग्लोबलमा कारोबार गर्न सजिलो छ । जुनसुकै जिल्लामा गए पनि ग्राहकले बैंकबाट सहज सुविधा लिन सक्छन् । डिपोजिटमा आकर्षक ब्याजदर, कर्जा प्रवाहमा पनि अरू बैंकभन्दा फरक फरक अभ्यास गरिएको छ

गत वर्षको सोही अवधिको तुलानमा बैंकको सञ्चालन मुनाफा ३४ करोड रूपैयाँले बढेको छ । गत वर्षको सोही अवधिमा ३ अर्ब २३ करोड रूपैयाँ सञ्चालन मुनाफा रहेको बैंकको चालु आवको सोही अवधिमा ३ अर्ब ५७ करोड रूपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रूपैयाँ रहेको छ । जगेडा कोषमा ९ अर्ब २१ करोड रूपैयाँ छ भने कम्पनीको संचित नाफा १ अर्ब ४८ करोड रूपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा अनुपात १.१३ प्रतिशत रहेको छ गत आर्थिक वर्षमा १.७२ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी २२.३९ प्रतिशत रहेको छ भने नेटवर्थ १४४.९७ रूपैयाँ रहेको छ ।

अरूभन्दा उत्कृष्ट सेवा

सबै बैंकको काम प्राय उस्तै हुन्छन् । एउटा बैंकले दिने सेवा र सुविधा अरु बैंकले पनि प्रवाह गरिरहेको हुन्छ । तर पनि ग्लोबल बैंक अरु भन्दा पृथक र उत्कृष्ट भन्नको लागि बैंकको केही विशेषताहरू छन् ।

पहिलो कुरा बैंकको आकार नै ठूलो छ । सबै बैंकको भन्दा ग्लोबलको पुँजी धेरै छ । जसको कारण पनि बैंकको नाफाको आकार ठूलो बन्न पुगेको छ । ग्लोबल आईएमई बैंक अहिले देशको एउटा जिल्लाबाहेक सबै जिल्लामा पुगिसकेको छ । बाँकी रहेको एउटा जिल्लामा पनि छिट्टै नै बैंक पुग्ने योजना रहेको ढकाल बताउँछन् ।

‘रेमिट्यान्समा पनि अरु बैंकभन्दा बढी लोकप्रिय छ ग्लोबल आइएमइ । विदेशबाट रेमिट्यान्स भित्र्याउनमा यो बैंकको ठूलो भूमिका छ,’ उनले भने । यसकारण पनि बैंक अरुभन्दा उत्कृष्ट छ ।

ग्लोबलले ‘सबैको लागि बैंक भन्ने नाराअनुरूप’ काम गरिरहेको छ । बैंकले सबै वर्गलाई समेटेको छ । ‘ग्लोबलमा कारोबार गर्न सजिलो छ । जुनसुकै जिल्लामा गएपनि ग्राहकले बैंकबाट सहज सुविधा लिन सक्छन् । डिपोजिटमा आकर्षक ब्याजदर, कर्जा प्रवाहमा पनि अरु बैंकले भन्दा फरक गर्नुपर्छ भन्दै बैंक त्योअनुसार अघि बढिरहेको छ,’ ढकालले भने ।

त्यसैगरी बैंकले ग्राहकहरूको गुनासो तथा जिज्ञासाको लागि ‘सेल सेन्टरको सुविधा रहेको छ । यीबाहेक दक्ष, अनुभवी तथा ठूलो संख्याको मानव श्रोत आधार, बैंकको स्थापित ‘ब्रान्ड इमेज’, दूरदर्शी संचालक समिति जस्ता विशेषताले गर्दा सबै सेवाग्राहीको रोजाइमा बैंक परेको ढकाल सुनाउँछन् ।

बैंकले हालसम्म ल्याएका प्रडक्ट र सेवाहरू

बैंकको विभिन्न प्रडक्ट र सेवा सुविधाकै आधारमा सेवाग्राहीको बैंकप्रति आकर्षण र विश्वास हुने हो । यस बैंकले बचत, कर्जा, ट्रेड फाइनान्स र रेमिट्यान्सजस्ता प्रडक्टहरू सञ्चालनमा छन् ।

बचत खाताहरू

ग्लोबल बैंकले आकर्षक ब्याजदर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, चेकबुकलगायत सुविधासहित सबै वर्गका ग्राहकलाई समेट्ने खालको बचत खाता सञ्चालनमा ल्याएको छ ।

बचतखाताअन्तर्गत सबै नेपालीको बचत खाता, ग्लोबल सेयर लगानी बचत खाता, ग्लोबल नवरत्न स्यालरी अकाउन्ट, ग्लोबल नवरत्न बचत खाता, ग्लोबल ब्रान्चलेस बैकिङ बचत खाता, ग्लोबल प्रिमियम बचत खाता, ग्लोबल रेमिट्यान्स बचत खाता, ग्लोबल विद्यार्थी बचत खाता सञ्चालनमा छन् ।

त्यस्तै ग्लोबल बालबालिका बचत खाता, ग्लोबल कर्मचारी बचत खाता, ग्लोबल नारी बचत, ग्लोबल जेष्ठ नागरिक बचत, ग्लोबल एनआरएन एलसीवाई, ग्लोबल आईएमई हाईब्रिड बचत खातालगायत सञ्चालनमा छन् ।

बैकले प्रदान गर्दै आएको कर्जाहरू

ग्लोबल बैंकले विद्यार्थीलक्षित ग्लोबल एजुकेशन लोन, ठूला तथा साना सवारी साधनलक्षित ग्लोबल हायर परचेस लोन, ग्लोबल अटो लोन, ग्लोबल होम लोन, कर्मचारीलक्षित ग्लोबल आईएमई प्रोफेशनल लोन, कृषकलक्षित कृषि लोनजस्ता कर्जा प्रदान गर्दै आएको छ ।

डिजिटल बैंकिङ

निक्षेप तथा कर्जा सेवाका साथसाथै बैंकले प्रविधिमा आधारित आधुनिक सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ । सिनियर डीसीओ ढकालका अनुसार डिजिटल च्यानलहरू बढी भन्दा बढी प्रयोग गरोस् भनेर बैंकले विभिन्न सचेतना कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।

डिजिटल कारोबार गर्दा समय र पैसाकोसमेत बचत हुने र अहिले कोभिडको समयमा डिजिटल कारोबार गर्दा सुरक्षितसमेत हुने ढकालले बताए । ‘डिजिटलमार्फत बैंकिङ कारोबार गर्दा स–साना कामको लागि बैंकसम्म धाईरहनुपर्र्दैन । बैंकमा आउँदा, जाँदा खर्चिने समयको बचत हुन्छ । अहिले घरबाटै बैंकमा खाता खोल्ने, फन्ड ट्रान्सफर, अनलाइनबाटै लोन लिने, पानी, बिजुली, स्कुल तथा कलेजको बिल भुक्तानीदेखि लिएर धेरै सुविधा डिजिटल माध्यमबाटै गर्न सकिने सुविधा छ ।’

तर डिजिटल सुविधा र प्रयोगबारे धेरै ग्राहकहरूलाई जानकारी नहुने भएकाले सबै जिल्लाका शाखाहरूमा गएर डिजिटल बैंकिङ सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको ढकालको भनाइ छ ।

बैंकमध्ये ग्लोबलसँग सबैभन्दा धेरै पुँजी छ । यसले बैंकको नाफाको आकार ठूलो बन्न पुगेको छ । ग्लोबल आईएमई बैंक अहिले देशको एउटा जिल्लाबाहेक सबै जिल्लामा पुगिसकेको छ

बैंकको डिजिटल बैंकिङअन्र्तगत ग्लोबल स्मार्ट, ग्लोबल अनलाइन, क्यु आर कोड भुक्तानी, अनलाइन फिक्स्ड डिपोजिट, मिस कल बैंकिङ, भाइबर बैंकिङ सञ्चालनमा छन् । बैंकले यीबाहेक सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले बेला बेला निशुल्क स्वास्थ्य शिविर, आर्थिक सहयोग कार्य गर्दै आएको छ ।

बजार विस्तारमा ग्लोबलको रणनीति

देशका सबै जिल्लामा बैंकिङ सेवा पुर्‍याउने लक्ष्य ग्लोबलको रणनीतिअन्र्तत पर्दछ । जसमा बैंकले सफलता हासिल गरिसकेको पनि छ । बैंकले हाल देशभर २८७ शाखा, २५२ एटीएम, ४८ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र २६३ शाखारहित बैंकिङ सुविधाहरू सञ्चालन गरिरहेको छ । बैंकका सबै शाखाहरू पूर्ण सेवा आउटलेटहरूको रूपमा स्थापित छन् । जसले ग्राहकहरूलाई ठूलो दायराको बैंकिङ सेवाहरू प्रदान गरिरहेको छ ।

विदेशबाट रेमिट्यान्स भित्र्याउनको लागि थप मार्केटिङ विस्तार गर्ने रणनीति रहेको पनि डीसीओ ढकालको भनाइ छ । विदेशमा पनि ग्लोबलले आफ्नो प्रतिनिधी कार्यालयहरू खोलेका छन् । त्यसलाई थप बढाउँदै लैजाने योजना रहेको ढकालले सुनाए ।

बैंकले पाँच वर्षको लागि बैंकले गत वर्षदेखि ‘लक्ष्य २०२५’ को रणनीतिक कार्यक्रम ल्याएको छ । जसमा बैंकले धेरै कुराहरू समेटिएको छ ।

डिजिटलाइजेशनमा केन्द्रीत हुने, ‘अटोमेशन’ गर्दै लैजाने, डिजिटल प्रडक्टहरू बेच्ने गर्ने बैंकको रणनीति रहेको छ । ‘प्रोसेस रिइन्जियरिङ’ गर्दै उत्पादकत्व बढाउने र ग्राहकहरूलाई बैंकमा नआइकन बैंकिङ कारोवार गर्न सक्ने अवस्थामा पुर्‍याउने रणनीति बैंकको छ ।

आज जसरी बैंक कर्मचारीको मिहनेत, सञ्चालक समितिको मार्गनिर्देशनले बैंक पहिलो नम्बरमा पुगेको छ, अझ उत्कृष्ट सेवा दिन र थप सफलता हासिल गर्न कार्ययोजनाअनुरूप बैंक अघि बढ्ने ढकालले बताए ।

ग्राहकको थप विश्वास जित्न र बैंकलाई अझै उचाईमा पुर्‍याउनको निम्ति डिजिटल प्रविधिलाई थप प्रभावकारी बनाउने, सन्तुलित व्यवसायमा विस्तारमा जोड दिएर लगायत अझ विस्तृत ढंगले बैंक अघि बढ्ने उनको भनाइ छ । यद्यपि, बैंकले सुधार गर्नुपर्ने कुराहरू पनि धेरै भएकाले त्यसतिर पनि बैंकले ध्यान दिएर अघि बढिरहेको ढकाल बताउँछन् ।