गरिब खोज्दै कामनपा, पत्ता लगाउन मागियो २३१ कर्मचारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान गरेर परिचयपत्र वितरण गर्ने भएको छ । यस्ता परिवारलाई सेवा प्रवाहमा विशेष सहुलियत दिन महानगरपालिकाले नयाँ योजना अघि सारेको हो ।
महानगरपालिकाले मंगलबार यही प्रयोजनार्थ २१ सुपरिवेक्षक र २१० गणक गरी २३१ कर्मचारी माग गरेको छ ।
सुपरीवेक्षकका लागि तथ्यांक शास्त्र, जनसंख्या, अर्थशात्र वा गणित विषयमा स्नातक तह उत्तीर्ण र कम्प्युटरसम्बन्धी ज्ञान तोकिएको छ ।
तथ्यांक शास्त्र, जनसंख्या, अर्थशात्र र गणित विषयमा प्रमाणपत्र तह पास गरी कम्प्युटरसम्बन्धी ज्ञान हासिल गरेकाले गणकमा आवेदन दिन सक्नेछ ।
दुवै पदमा आवेदन दिने उम्मेदवारको उमेर १८ दुखि ४० वर्ष तोकिएको छ ।
योग्यता पुगेका इच्छुक आवेदकले आज (मंगलवार) बाट सात दिनभित्र महानगरपालिकाको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन ।
भौतिक आवेदनहरू मान्य हुने छैन ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया