NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

एमाले विभाजनमा भूमिका निभाएको भन्दै बनेपामा सभामुखविरुद्ध अनेरास्ववियूले देखायो कालोझण्डा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले कालोझण्डा देखाएको छ ।

सिन्धुपाल्चोक जानेक्रममा बनेपामा अनेरास्ववियू काभ्रेले एमाले विभाजनमा मुख्य भूमिका निभाएको भन्दै विरोध जुलुशसहित कालोझण्डा देखाएको हो ।

सोमबार बेलुका मसाल जुलुश निकालेको अनेरास्ववियूले मंगलबार बिहान सभामुख सापकोटालाई बनेपामा कालोझण्डा देखाएको छ ।

एमाले विभाजन र अहिले एमालेले कारबाही गरेका सांसदलाई ननिकालेको भन्दै कालोझण्डा देखाइएको अनेरास्ववियू काभ्रेले जनाएको छ ।

यसअघि पुल्चोकमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि एमाले कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।