एमाले विभाजनमा भूमिका निभाएको भन्दै बनेपामा सभामुखविरुद्ध अनेरास्ववियूले देखायो कालोझण्डा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले कालोझण्डा देखाएको छ ।
सिन्धुपाल्चोक जानेक्रममा बनेपामा अनेरास्ववियू काभ्रेले एमाले विभाजनमा मुख्य भूमिका निभाएको भन्दै विरोध जुलुशसहित कालोझण्डा देखाएको हो ।
सोमबार बेलुका मसाल जुलुश निकालेको अनेरास्ववियूले मंगलबार बिहान सभामुख सापकोटालाई बनेपामा कालोझण्डा देखाएको छ ।
एमाले विभाजन र अहिले एमालेले कारबाही गरेका सांसदलाई ननिकालेको भन्दै कालोझण्डा देखाइएको अनेरास्ववियू काभ्रेले जनाएको छ ।
यसअघि पुल्चोकमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि एमाले कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया