ट्विटरमा भट्टराई–रावल जुहारी, कसको पिएचडी सक्कली ?

काठमाडौं । सोमबार नेकपा एमालेका नेता भीम रावलले सभामुख, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, सांसद र दलका नेताको नाममा स्तुतिपत्र लेख्दै एमसिसी पास नगर्न आग्रह गरे ।
साथै उनले तत्कालीन प्रधानमन्त्री हुँदा डा.बाबुराम भट्टराईले गोप्य रुपमा एमसिसी भित्र्याएको आरोप पनि लगाए । सोमबार नेपालका मूलधारदेखि स्थानीय मिडियामा रावलले एमसिसीबारे उल्लेख गरेका बुँदाले नै स्थान पाए ।
सामाजिक सञ्जालमा निकै सक्रिय रहने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त उक्त आरोपको तत्काल खण्डन गरिहाले । ट्विटरमा उनले रावलको उक्त जवाफ पढाईसँग तुलना गर्दै दिएका छन् ।
उनले पिएचडी गरेको भनेर आफ्नो नामको अगाडि डा. पनि झुण्ड्याउँछन् भन्दै व्यङ्ग्य गरे । साथै विद्यावारिधी गर्दा कसैबारे कुनै दावी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्ने भन्दै प्रमाण पेश गर्न चुनौती दिए ।
साथै उनले एमसिसी भित्र्याउँदा आफूले कुनै गोप्य सम्झौता कहाँ र कहिले भयो भन्दै त्यसको प्रमाण खुलाउन पनि चेतावनी दिएका छन् ।
यति मात्र होइन, डा. भट्टराईले रावलमाथि विद्यावारिधी पनि सक्कली हो कि नक्कली भनेर प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘यी कण, भीम रावल पिएचडी गरेको भनेर नाउँको अगाडि डा. पनि झुण्डाउँछन् ! विद्यावारिधी गर्दा कसैबारे कुनै दावी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ । उनले दावी गरेजस्तो बाबुरामले गोप्य रुपमा सम्झौता गरेको हो भने कहिले, कहाँ र कसरी खुलाउनुपर्दैन ? कि यी नक्कली पिएचडी हुन् ?’
यी कण @BhimRawal179 ले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन्!विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत/मिति/स्थान खुलाउनुपर्छ।उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको”हो भने कहिले,कहाॅ,कसरी खुलाउनुपर्दैन? कि यी नक्कली PhDहुन्? https://t.co/3VO9ojfVhx
— Baburam Bhattarai (@brb1954) January 31, 2022
तत्काल प्रतिक्रिया दिने मामलामा रावल पनि कम छैनन् । अनलाइन खबरको समाचार लिंक शेर गर्दै गर्दै शैक्षिक उपाधि नै नक्कली हो कि भनेर बाबुरामले गरेको प्रश्नको जवाफ रावलले केही बेरअघि ट्विटरबाटै दिएका छन् ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६८ मा चुपचाप एमसिसीसँग पत्राचार गरी टोली गठन गरिएको कुरा आफूले उल्लेख गरेको दावी गरेका छन् ।
साथै त्यसबेला सहमतिबाट मात्र त्यस्तो गर्न सकिनथ्यो तर जानकारीसम्म नगराएर गुपचुपमा सम्झौता गरेको रावलको आरोप छ ।
यता विद्यावारिधी सम्बन्धमा भने भारततिर नक्कली शैक्षिक प्रमाणपत्र बन्ने गरेको भन्दै बाबुराम भट्टराईको पिएचडी नक्कली हुनसक्ने बताएका छन् । उनले त्रिविबाट नक्कली पिएचडी कसैको नहुने पनि दावी गरेका छन् ।
उनले व्यङ्ग्य गर्दै भनेका छन्, ‘पिएचडी नक्कली समापारी हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविबाट पिएचडी नक्कली हुने चार्च नै हुन्न ।’
उनीहरूका यस्ता अभिव्यक्तिमाथि धेरैले प्रतिक्रिया जनाएका छन् । बाबुराम भट्टराईको ट्विटमा त प्राय गालीकै वर्षात हुन्छन् ।
बाबुरामजी प्रमं हुँदा २०६८ मा चुपचाप एमसीसीसंग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु ।त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्नसकिन्थ्यो तर जानकारीसम्म गराइएन।PhD नक्कली सीमापारी हुनेगरेको सधैं चर्चा हुन्छ, त्रि.वि.वि. बाट PhD कसैको नक्कली हुने चर्चा नै हुन्न।
— Dr. Bhim Rawal (@BhimRawal179) February 1, 2022
प्रतिक्रिया