NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

क्यान महानिर्देशकमा अधिकारीले मारे बाजी, क्षेत्री आउट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को महानिर्देशकमा प्रदिप अधिकारीले बाजी मारेका छन् । सरकारले गत सोमबारको बैठकबाट प्राधिकरणको महानिर्देशकमा प्रदिप अधिकारीलाई नियुक्त गरेको प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले जानकारी दिए ।

अधिकारीको नियुक्तिसँगै अब प्राधिकरणमा महानिर्देशक बन्ने किचलोको पनि अन्त्य भएको छ । योसँगै अब निवर्तमान महानिर्देशक राजकुमार क्षेत्री प्रतिस्पर्धाबाट पछि हटेका छन् । ५८ वर्षे उमेरहदका कारण अवकाश पाएका क्षेत्रीले चार वर्षे पूरा कार्यकाल काम गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए ।

सर्वोच्चले उनको रिटमाथि अल्पकालिन अन्तरिम आदेश जारी गरेसँगै उनी नियमित काममा फर्किन खोज्दा प्राधिकरणको आधिकारिक कर्मचारी ट्रेड युनियनले कार्यालयमा ताला लगाएका थिए । त्यसयता विभिन्न मितिमा पेशी सरेको क्षेत्रीको मुद्दामा अदालतले फैसला गरिसकेको छैन ।

११ औं तहका अधिकारी राष्ट्रिय गौरव आयोजना निर्देशनालयका निर्देशकसमेत हुन् । सरकारले उनलाई आगामी चार वर्षका लागि प्राधिकरणको जिम्मा सुम्पिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष