NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यथास्थितिमा कुनै हालतमा पनि एमसिसी पास हुन सक्दैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन टुटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न जालझेल र षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सिन्धुपाल्चोकका विभिन्न दलबाट एकीकृत समाजवादी पार्टी प्रवेश गराउन आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले जालझेल र षड्यन्त्र सफल नहुने दाबी गरे ।

No description available.

नेपालले एमसिसीकै कारण गठबन्धन नटुट्ने दाबी गर्दै ओलीको जाली कुराको कुनै अर्थ नभएको बताए । ‘ओलीले प्रधानमन्त्रीलाई गठबन्धन तोड्नो एमसिसी पास गर्न सघाउँछु भनेछन्’ नेपालले भने, ‘कति जाली कुरा गर्न सकेको ? आफू र प्रधानमन्त्री शेरबहादुर देउवाबीच एक घण्टा लामो टेलिफोन वार्ता भएको भ्रम फैलाएछन् । उहाँको इच्छा पूरा हुनेवाला छैन ।’

नेपालले यथास्थितिमा कुनै हालतमा एमसिसी पास हुन नसक्ने बताउँदै यसकै कारण गठबन्धनलाई कुनै असर नगर्ने दाबी गरे ।

ओलीले लोकतन्त्र, संविधान र कानूलाई च्यातचुत बनाएका कारण वर्तमान गठबन्धन बनेको स्मरण गर्दै उनले कांग्रेसभित्र गठबन्धन जोगाउनुपर्छ भन्ने पक्ष बलियो रहेको बताए ।