तान्जानियाको सभामुखमा ४५ वर्षीया महिला
सिन्ह्वा । तान्जानियाको सभामुखका ४५ वर्षीय महिला नेतृ निर्वाचित भएकी छिन् । तत्कालीन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन् । उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।
तत्कालीन सभामुखले सरकारद्धारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएकी थिइन् । उनको ठाउँमा अक्सन निर्वाचित भएकी हुन् ।
नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुन् । उनी तान्जानियाको आठौं सभामुख भएकी हुन् । महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो ।
पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसदलाई चलायमान र सवैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया