पश्चिम बंगालकी मुख्यमन्त्रीमाथि राष्ट्रगानको अपमान गरेको आरोप, अदालतमा उपस्थित हुन निर्देशन
काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीमाथि राष्ट्रगानको अपमान गरेको आरोप लगाएको छ ।
उनीमाथि कारबाही हुनसक्ने बताइएको छ । मेट्रोपोलिटन मजिस्ट्रेड कोर्टले ममता बेनर्जीलाई आागामी दुई मार्चमा अदालतमा उपस्थित हुन निर्देशन दिएको छ ।
ममतामाथि राष्ट्रगानको अपमान गरेको आरोप लगाउँदै भारतीय जनता पार्टीका एक कार्यकर्ताले जाहेरी दिएका थिए । जोहेरीमा भनिएको थियो, ‘ममता बेनर्जीले सार्वजनिक समारोहमा राष्ट्रगानको अपमान गरेकी थिइन् ।’
यो घटना करिब दुई महिना अघिको हो । पश्चिम बंगालको मुख्यमन्त्री बेनर्जीले गत डिसेम्बर मा दुई दिन मुम्बई यात्रामा गएकी थिइन् । त्यसबेला लोकसभा चुनावको तयारीका बेला उनी कैयौं बलिउड हस्तीसँग बैठक बसेकी थिइन् ।
कार्यक्रमको अन्त्यमा उनले राष्ट्रगानको केही पंक्ति मात्र पढेकी थिइन् । भाजपा नेताले ममता बेनर्जीले राष्ट्रगानको अपमान गरेको आरोप लगाएका छन् ।
ममताले बैसेरै राष्ट्रगानको ४–५ लाइन पढेको र बाँकी उठेर गाएकी थिइन् । यस प्रकरणको भिडियो भाइरल भएको थियो ।
भाजपा प्रवक्ता शहजाद पूनावालाले उक्त भिडियो शेयर गरेका थिए । उनले ट्विट गर्दै भनेका थिए, ‘के शिवसेना हाम्रो राष्ट्रगान र सम्मानप्रति यस्तो अपमानको समर्थन गर्दछ ? यदि होइन भने मलाई विश्वास छ कि उनीहरू कानुनको सम्बिन्धित धाराअन्तर्गत जाहेरी दर्ता गर्नेछन् ।’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया