सम्पत्तिका लागी ९० वर्षिया आमाको हत्या गर्ने छोरा पक्राउ
काठमाडौं । आफ्नै आमाकोे हत्या गरेको अभियोगमा मोरङका एक व्यक्ति पक्राउ परेका छन् ।
शनिश्चरे नगरपालिका–२ पथरीकी ९० वर्षीया जगमाया श्रेष्ठको हत्याको आरोपमा उनकै छोरा ४८ वर्षीय कमल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
माघ १२ गतेदेखि घरैबाट बेपत्ता भइन् भनिएकी बृद्धाको हत्यापछि शव जलाएको भन्ने सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरूलाई थाहा नै नदिई आफ्नी श्रीमतीको नाममा बनाएपछि उनीहरूबीच घर झगडा भएको थियो । यो घर झगडामा मात्रै सिाित भएन । समस्या अदालतसम्म पुग्यो ।
अदालतले उक्त जग्गामध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहनेगरी फैसला गरेकोले श्रेष्ठले आमाको हत्या गरेको खुल्न आएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया