जग्गा नामसारीको सिफारिस बनाइदिने भन्दै घुस माग्ने वडासचिव पक्राउ

काठमाडौं । बारा जिल्लास्थित कोल्हवी नगरपालिकाका वडासचिव घुस लिएको अवस्थामा पक्राउ परेका छन् ।
नगरपालिका वडा नं ११ का सचिव नायब सुब्बा विनोदप्रसाद साहले जग्गा नामसारी सिफारिस बनाइदिन्छु भन्दै सेवाग्रहीसँग घुस मागेका थिए ।
सोही सूचनाका आधारमा साहको अनुसन्धानमा खटिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ३ हजार ५ सय रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
हाल साहमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया