जग्गा नामसारीको सिफारिस बनाइदिने भन्दै घुस माग्ने वडासचिव पक्राउ
काठमाडौं । बारा जिल्लास्थित कोल्हवी नगरपालिकाका वडासचिव घुस लिएको अवस्थामा पक्राउ परेका छन् ।
नगरपालिका वडा नं ११ का सचिव नायब सुब्बा विनोदप्रसाद साहले जग्गा नामसारी सिफारिस बनाइदिन्छु भन्दै सेवाग्रहीसँग घुस मागेका थिए ।
सोही सूचनाका आधारमा साहको अनुसन्धानमा खटिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ३ हजार ५ सय रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
हाल साहमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया