लोक सेवा आयोगको परीक्षाभन्दा मापदण्ड जटिल
कोभिड १९ मा लोक सेवा परिक्षामा भाग लिन ७ बुँदे मापदण्ड जारी

काठमाडौं । लोक सेवा आयोगले कोभिड–१९ को संक्रमण कायम रहेको अवस्थामा आयोगले लिने परीक्षामा भाग लिन अपनाउनुपर्ने मापदण्ड जारी गरेको छ ।
आयोगद्धारा संचालन हुने लिखित परीक्षालाई सुरक्षित र प्रभावकारी तुल्याउन आयोगले मापदण्ड बनाएर जारी गरेको जनाएको छ ।
लोक सेवा परीक्षामा संलग्न हुने उम्मेदवार र खटिने जनशक्तिको स्वास्थ्य सुरक्षालाई मध्यनगर गर्दै मापदण्ड जारी गरेको आयोगले जनाएको हो ।
अब आयोगले संचालन गर्ने परिक्षामा भाग लिन उम्मेदवारले नाक, मुख, राम्रोसँग छोप्नेगरी अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ । आवश्यकताअनुसार स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ ।
कोभिड–१९ संक्रमण भएका वा लक्षण भएका उम्मेदवारले परीक्षा सुरू हुनुभन्दा अगाडि अनिवार्य रुपमा परीक्षा सञ्चालन गर्ने कार्यालय वा शाखालाई जानकारी गराउनुपर्नेछ ।
परीक्षा केन्द्रका उम्मेदवारले भिडभाड नगरी लाइनबद्ध रूपमा आफ्नो नाम र कोठा नम्बर एकिन गरेर तोकिएको स्थानमा पालैपालो प्रवेश गर्नुपर्नेछ ।
उम्मदेवारले परीक्षाको समय अघि वा पछि समहूमा बस्ने र कुराकानी गर्न हुँदैन/पाइँदैन । परीक्षा सम्पन्न भएपछि सुरक्षित रुपमा बाहिरिनुपर्छ । उम्मेदवारले आफ्नो लागि पिउने पानीलगायत आवश्यक सामाग्रीको आफैं व्यवस्था गर्नुपर्छ ।
यस्तै हरेक उम्मेदवारले आयोगको वेभसाइटमा कोभिड सम्वन्धी सो घोषणा फारम अनिवार्य रुपमा भर्नुपर्नेछ । सुरक्षा निकाय वा संगठित संस्थाको परिक्षामा सामेल हुने उम्मेदवारले सम्वन्धित सुरक्षा निकाय तथा संगठित संस्थामा आफ्नो स्वास्थ्य सम्बन्धी अवस्थाका बारेमा अग्रीम जानकारी गराउनुपर्नेछ ।
यसबाहेक नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्नु हरेक विद्याथीको कर्तव्य हुने आयोगले सम्झाएको छ ।
प्रतिक्रिया