१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रामदेव पक्राउ

मोरङ । मोरङ प्रहरीले १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया