१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रामदेव पक्राउ
मोरङ । मोरङ प्रहरीले १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया