अमेरिकी आक्रमणमा आइएस उपप्रमुखको मृत्यु

काठमाडौं । अमेरिकाले उत्तरी सिरियामा बिहीबार राति गरेको आक्रमणमा इस्लामिक स्टेट (आइएस) का एक वरिष्ठ नेता मारिएका छन् ।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले अबु इब्राहिम अल–हाशिमी अल–कुरेशी मारिएको जनाएको छ । उनी आइएसका वरिष्ठ उपप्रमुख हुन् ।
सुरुमा अमेरिकाले अबु इब्राहिम लुकेको स्थानमा घेरा हालेको थियो । अमेरिकी आक्रमणमा ज्यान जोगिने सम्भावना कम भएपछि उनले आत्मघाती विस्फोट गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त छापामार आक्रमणबारे जानकारी दिँदै सर्वसाधारण जोगाउने हिसाबले कारबाही गरिएको जनाएका छन् ।
आइएसले हालसम्म यस घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
प्रतिक्रिया