NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

राहदानी बनाइदिने बाहनामा १२ हजार ठगी गर्ने पक्राउ

काठमाडौं । राहदानी बनाई दिन्छु भन्दै १२ हजार रुपैयाँ ठगी गर्ने सुनसरीका मनोज सापकोटा पक्राउ परेका छन् ।

सापकोटा सर्लाहीका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाइदिने भन्दै १२ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौं–११ त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएका सेवाग्राहीलाई ठगेको उजुरीका आधारमा सापकोटालाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो ।

सापकोटालाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको छ ।