राहदानी बनाइदिने बाहनामा १२ हजार ठगी गर्ने पक्राउ
काठमाडौं । राहदानी बनाई दिन्छु भन्दै १२ हजार रुपैयाँ ठगी गर्ने सुनसरीका मनोज सापकोटा पक्राउ परेका छन् ।
सापकोटा सर्लाहीका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाइदिने भन्दै १२ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौं–११ त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएका सेवाग्राहीलाई ठगेको उजुरीका आधारमा सापकोटालाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो ।
सापकोटालाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया