भारतमा १३ प्रतिशतले घट्यो कोरोना संक्रमणदर
काठमाडौं । भारतमा पछिल्लो केहि दिनयता कोरोना भाइरसको संक्रमण दर घटेको छ । पछिल्लो एक दिनकै तुलना गर्ने हो भने पनि शुक्रबार १३ प्रतिशतले संक्रमण घटेको पाइएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा भारतमा एक लाख ४९ हजार ३९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । उक्त अवधिमा एक हजार ७२ जनाको मृत्यु भएको छ ।
संक्रमितको यो संख्या बिहीबारको तुलनामा १३ प्रतिशतले कम हो । बिहीबार एक लाख ७२ हजार ४३३ नयाँ संक्रमित थपिएका थिए ।
यस्तै हाल पोजिटिभिटीको दर ९.२७ प्रतिशत रहेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका तर्फबाट सार्वजनिक गरिएको तथ्यांक अनुसार अहिले भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ३५ हजार ५९९ रहेको छ ।
साथै उक्त महामारीबाट भारतमा ज्यान गुमाउनेको संख्या भने ५ लाख ५५ भएको छ । तथ्यांक अनुसार हिजो दुई लाख ४६ हजार ६७४ संक्रमित निको भएका छन् ।
अहिलेसम्म जम्मा ४ करोड १७ हजार ८८ मानिस कोरोना संक्रमणबाट निको भइसकेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया