चर्चित भ्लगर चेतन कार्की खैरो हिरोइनसहित पक्राउ

काठमाडौं । चर्चित भ्लगर चेतन कार्की लागुऔषध सहित पक्राउ परेका छन् । उनलाई सिन्धुली प्रहरीले गत १९ गते सिन्धुलीको खुर्कोटबाट पक्राउ परेका हुन् ।
उनलाई १९ गते दिउसो ३ बजे सिन्धुली गोलन्जोर गाँउपालिका वडा नं ०७ खुर्कोट स्थित वि.पि. राजमार्ग सडक खण्डस्थित प्रहरी चेक प्वाइन्टमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार नियमित रूपमा सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा बर्दिवासबाट धुलीखेल तर्फ जाँदै गरेकोे चेतन कार्कीले चलाएको मिनि ट्रकलाई रोकी चेकजाँच तथा खानतलासी गर्दा खैरो हिरोइनसहित पक्राउ परेका हुन् ।
‘चेतन कार्कीले लगाएको खैरो रंगको ट्र्याकको दाहिने खल्तिबाट लागुऔषध खैरो हिरोइन तौल गर्दा ४.१३० ग्राम र निजले चलाएको गाडीभित्र राखेको गोल्डेन रंगको गितारको कभरमा लागुऔषध गाँजा तौल गर्दा ६.९४० ग्रामसमेत फेला परेको छ,’ उनले भने ‘कार्कीलाई गाडीसहित पक्राउ गरी लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालत सिन्धुलीबाट दिन ०७ को म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।’
प्रतिक्रिया