आफ्नै श्रीमती बलात्कार आरोपमा पक्राउ परे वकिल
काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्गलबाट एक वकिललाई आफ्नी श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।
अस्ट्रेलियामा बस्दै आएका कानून व्यवसायी खिलेन्द्रराज तिम्सिनालाई उनकी श्रीमतीले जबरजस्ती करणी उद्योगमा मुद्दा दिएपछि पक्राउ गरिएको हो ।
माघ ७ गते समातिएका उनी एक लाख धरौटी बुझाएर रिहा भएका छन् । प्रहरी स्रोतका अनुसार उनीविरुद्ध २०७६ जेठ ३१ गते उनकी श्रीमतीले इच्छाबेगर जबरजस्ती यौन सम्बन्ध राखेको भन्दै उजुरी दिएकी थिइन् ।
एक लाख धरौटी बुझाएर उनी माघ १० गते रिहा भएका हुन् । उनलाई विमानस्थल पुग्नेबित्तिकै प्रहरीले पक्राउ गरेको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया