NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

आफ्नै श्रीमती बलात्कार आरोपमा पक्राउ परे वकिल

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्गलबाट एक वकिललाई आफ्नी श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

अस्ट्रेलियामा बस्दै आएका कानून व्यवसायी खिलेन्द्रराज तिम्सिनालाई उनकी श्रीमतीले जबरजस्ती करणी उद्योगमा मुद्दा दिएपछि पक्राउ गरिएको हो ।

माघ ७ गते समातिएका उनी एक लाख धरौटी बुझाएर रिहा भएका छन् । प्रहरी स्रोतका अनुसार उनीविरुद्ध २०७६ जेठ ३१ गते उनकी श्रीमतीले इच्छाबेगर जबरजस्ती यौन सम्बन्ध राखेको भन्दै उजुरी दिएकी थिइन् ।

एक लाख धरौटी बुझाएर उनी माघ १० गते रिहा भएका हुन् । उनलाई विमानस्थल पुग्नेबित्तिकै प्रहरीले पक्राउ गरेको थियो ।