द्वन्द्वका कारण यूक्रेनका बच्चाको मानसिक स्वास्थ्यमा असर
यूक्रेन । यूक्रेनमाथि आक्रमण हुने चर्चाले युक्रेनका बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको छ ।
संयुक्त राष्ट्रसंघीय निकाय यूनिसेफले द्वन्द्वको विषयले बाल मनोविज्ञानमा ठूलो असर पारेको जनाएको हो ।
युद्ध भयो भने के हुन्छ होला, त्यतिबेला आफुहरु कसरी बाँचिन्छ होला, आफन्तहरुलाई केही भयो भने के गर्नेहोला भन्ने जस्ता प्रश्नले बालबालिकालाई सताउने गरेको यूनिसेफले उल्लेख गरेको छ ।
उनीहरूले आफूलाई पिडा भइरहेको अनुभव पनि सुनाएको यूनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ । बालबालिकाहरूमा आफ्नो पढाइको समेत चिन्ता देखिएको छ । उनीहरूलाई युनिसेफले आवश्यक सहयोग तथा सेवा समेत उपलब्ध गराउन सुरु गरेको छ ।
यूनिसेफले अघिल्लो बर्ष ७० हजार बालबालिकासम्म आफ्नो सहयोग पुगेको पनि जनाएको छ । त्यसैगरी बालबालिकालाई मनोवैज्ञानिक सहयोगका बारेमा शिक्षकहरुलाई पनि प्रशिक्षित गरिएको जनाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया