द्वन्द्वका कारण यूक्रेनका बच्चाको मानसिक स्वास्थ्यमा असर

यूक्रेन । यूक्रेनमाथि आक्रमण हुने चर्चाले युक्रेनका बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको छ ।
संयुक्त राष्ट्रसंघीय निकाय यूनिसेफले द्वन्द्वको विषयले बाल मनोविज्ञानमा ठूलो असर पारेको जनाएको हो ।
युद्ध भयो भने के हुन्छ होला, त्यतिबेला आफुहरु कसरी बाँचिन्छ होला, आफन्तहरुलाई केही भयो भने के गर्नेहोला भन्ने जस्ता प्रश्नले बालबालिकालाई सताउने गरेको यूनिसेफले उल्लेख गरेको छ ।
उनीहरूले आफूलाई पिडा भइरहेको अनुभव पनि सुनाएको यूनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ । बालबालिकाहरूमा आफ्नो पढाइको समेत चिन्ता देखिएको छ । उनीहरूलाई युनिसेफले आवश्यक सहयोग तथा सेवा समेत उपलब्ध गराउन सुरु गरेको छ ।
यूनिसेफले अघिल्लो बर्ष ७० हजार बालबालिकासम्म आफ्नो सहयोग पुगेको पनि जनाएको छ । त्यसैगरी बालबालिकालाई मनोवैज्ञानिक सहयोगका बारेमा शिक्षकहरुलाई पनि प्रशिक्षित गरिएको जनाइएको छ ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया