प्यूठानमा जन्ती बोकेको बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । प्यूठानमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बेहुलासहित सात घाइते छन् ।
जिल्लाको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर फर्किंदै गरेको ग १ ज ५०९२ नम्बरको जिप शनिबार बिहान ३ बजे दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनामा ६ जनाको मृत्यु भए पनि तिनको सनाखत हुन बाँकी रहेको जनाएको छ ।
घाइतेको उद्धार गरेर जिल्ला अस्पताल बिजुवार लगिएको छ ।
दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया