मन्त्रीलाई पूर्वसचिवको सुझाव– सडक सफाइमा नअल्झ, आसेपासे र विचौलियालाई रोक
काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले पदको भूमिकाअनुरूप भूमिका निर्वाह गर्न मन्त्रीहरूलाई सुझाव दिएका छन् ।
मन्त्रीहरू अनुगमन, सडक सफाइजस्ता सस्तो लोकप्रियतामा रमाइरहेका बेला सचिव त्रितालले यस्तो सुझाव दिएका हुन् ।
‘माननीय मन्त्रीहरू सडक सफा गर्ने स्तरमा उत्रिनु भनेको नगरपालिका तथा गाउँपालिकाका वडा कार्यालयका कर्मचारीदेखि लिएर मन्त्रालयका सचिवसम्मको आवश्यकता छैन भन्ने सन्देश त होला,’ त्रितालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माननीय मन्त्रीहरूले पदको गरिमाअनुरूप आफ्नो भूमिका निष्पक्ष निर्वाह गरिदिए मात्र पुग्छ ।’
पूर्वसचिव त्रितालले मन्त्रीले गर्नुपर्ने कामको ८ बुँदा सुझाउँदै त्यसअनुरूप अघि बढेमा ठूलो उपलब्धि हासिल हुने औंल्याएका छन् । जसमा कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम बनाउने, बनेका नीति तथा कार्यक्रमहरूको कार्यान्वयनमा प्रभावकारी समन्वय गर्ने, आफूअन्तर्गतका संयन्त्रलाई जिम्मेवार र गतिशील बनाउनेलगायत छन् ।
यस्तो छ पूर्वसचिव त्रितालले सामाजिक सञ्जालमा मन्त्रीलाई दिएको ८ बुँदे सुझाव
माननीय मन्त्रीहरूले पदको गरिमाअनुरूप भूमिका निर्वाह गरिदिए कति राम्रो हुन्थ्यो
माननीय मन्त्रीहरू सडक सफा गर्ने स्तरमा उत्रिनु भनेको नगरपालिका तथा गाउँपालिकाका वडा कार्यालयका कर्मचारीदेखि लिएर मन्त्रालयका सचिवसम्मको आवश्यकता छैन भन्ने सन्देश त होला ।
माननीय मन्त्रीहरूले पदको गरिमाअनुरूप आफ्नो भूमिका निष्पक्ष रूपमा निर्वाह गरिदिए मात्र पुग्छ ।
देहायका कार्यमा माननीय मन्त्रीहरू इमानदारिपूर्वक लागिदिए ठूलो उपलब्धि हासिल गर्न सकिन्छः
१. कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम बनाउने ।
२. बनेका नीति तथा कार्यक्रमहरूको कार्यान्वयनमा प्रभावकारी समन्वय गर्ने ।
३. आफूअन्तर्गतका संयन्त्रलाई जिम्मेवार र गतिशील बनाउने ।
४. मन्त्रालयस्तरीय समाधान समितिमा गहन छलफल गर्ने र तत्काल देखिएका समस्या समाधान गर्ने ।
५ सचिव, विभागीय प्रमुख र महत्त्वपूर्ण आयोजना प्रमुखहरूसँग निरन्तर छलफल र आपसी सञ्चार गर्ने ।
६ तेरो मेरो नभनी कर्मचारीको कामको सही मूल्यांङ्कन गर्ने ।
७ आफ्ना आसेपासे र विचौलियालाई मन्त्रालय र अन्तर्गतको काममा हस्तक्षेप गर्नबाट रोक्ने ।
८ आफू भ्रष्टाचार नगर्ने र अरूबाट भ्रष्टाचार हुनसक्ने सम्भावनाप्रति सजग रहने र निगरानी गर्ने ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया