उखुबारी हत्या प्रकरणमा थप दुई जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले उखुबारी हत्या प्रकरणमा थप दुई जनालाई पक्राउ गरेका छ । मोरङ र ललितपुरमा तीन जनाको हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हाे ।
राजेन्द्रकुमार श्रेष्ठ, मोहन लिम्बु र सम्भुकुमार चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले रंगेली–३ आमतोलाका २२ वर्षीय मोहमद सुभाम र सुनरीको देवानगन्ज–६ जिरोगौवाका १८ वर्षीय माहमद हकिमलाई पक्राउ गरिएको हो ।
धनपालथान गाउँपालिका वडा नं–७ स्थित उखुबारीमा हत्या गरेर खाल्डो खनी गाडिएको अवस्थामा यही माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका–४ का शम्भुकुमार चौधरी र माघ १३ गते धरान–३ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो । बिहीबार ललितपुरमा मोहन श्रेष्ठको शव फेला परेको थियो ।
कमिसनको चक्करमा तीन जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मुख्ययोजनाकार अनिल मण्डलसहित तीन जनालाई शुक्रबार सार्वजनिक गरेको थियो ।
पत्रकार सम्मेलन गरी सिरहा नगरपालिका(२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको थियो । यीमध्ये मण्डल मुख्य आरोपी हुन् । अन्य उनका सहयोगीहरु हुन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया