देशलाई जिताउन लिभरपुलका दुई स्टारबीच टक्कर, पहिलो उपाधिको खोजीमा सेनेगल
काठमाडौं । ३३ औँ अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि इंग्लिस क्लब लिभरपुलका दुई स्टार खेलाडी आज राति आमनेसामने हुँदैछन् । मोहम्मद सलाहको इजिप्ट र साडियो मानेको सेनेगलबीच आज राति फाइनल भिडन्त हुनेछ ।
जारी प्रतियोगितामा यी दुई खेलाडीले आफ्नो टोलीलाई फाइनलमा पुर्याउन योगदान पुर्याएका छन् । सलाहले दुई गोल गरेका छन् भने मानेले तीन गोल गरिसकेका छन् ।
सलाह र माने क्लका लागि स्ट्राइकिङ पार्टनर हुन् । तर, आ भने उनीहरू आफ्ना देशलाई उपाधि जिताउन एक–अर्काविरुद्ध भिड्नेछन् ।
इजिप्ट कीर्तिमानी आठौंपटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बन्ने लक्ष्यमा छ ।
यता, सेनेगल पहिलोपटक च्याम्पियन बन्दै इतिहास बनाउने लक्ष्यमा हुनेछ ।
सन् २००२ मा अफ्रिकाको नयाँ शक्तिको रुपमा उदाएको सेनेगलले सोही वर्ष विश्वकपको क्वार्टरफाइनलमा तथा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुग्दै सनसनी मच्चाएको थियो । तर, दुईपटक फाइनलमा पुगे पनि सेनेगल हालसम्म महादेशको च्याम्पियन बन्न सकेको छैन ।
सेनेगल अघिल्लो संस्करणमा अल्जेरियासँग पराजित हुँदै च्याम्पियन बन्नबाट वञ्चित बनेको थियो ।
अर्कोतिर, इजिप्ट भने अफ्रिका अप अफ नेसन्सको सर्वाधिक कीर्तिमानी विजेता हो । इजिप्टले सातपटक यो उपाधि आफ्नो हात पारेको छ ।
इजिप्टपछि अहिलेको आयोजक क्यामरुनले पाँच पटक उपाधि जितेको छ ।
इजिप्टले आयोजक क्यामरुनलाई हराउँदै फाइनलमा पुगेको हो । यस्तै, सेनेगलले बुर्किना फासोलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
यसर्थ, इजिप्ट र सेनेगलबीचको फाइनल खेल रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया