कर्णालीमा मन्त्री थपिए, जिम्मेवारी पनि हेरफेर
![कर्णालीमा मन्त्री थपिए, जिम्मेवारी पनि हेरफेर](https://nepalwatch.com/wp-content/uploads/2022/02/jeevan-bahadur-shahi-1.jpg)
काठमाडौं । कर्णाली प्रदेश सरकारमा मन्त्री थपिएका छन् । यसअघि नियुक्त मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर भएको छ ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम नियुक्ति, हेरफेर र कार्य विभाजन गरिएको जनाएका छन् ।
यज्ञबहादुर बुढा क्षेत्रीले सामाजिक विकास मन्त्रालय, चन्द्रबहादुर शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, विन्दमान विष्टले आर्थिक मामिला तथा योजना मन्त्रालय, पदमबहादुर रोकायाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, गणेश प्रसाद सिंहलले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, हिमबहादुर शाहीले आन्तरिक मामिला तथा कानून मन्त्रालय र छिरिङ डम्डुल लामाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
आलोपालो सरकारको नेतृत्व गर्ने कांग्रेस र माओवादी केन्द्रको भद्र सहमतिअनुरूप महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि गत कात्तिक १६ मा जीवनबहादुर शाही नेतृत्वमा कर्णालीमा ण्सरकार गठन भएको थियो । लामो समय मन्त्री नियुक्त गर्न नसकेका शाहीको मन्त्रिपरिषद् योसँगै ८ सदस्यीय बनेको छ ।
प्रतिक्रिया