NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

दश वर्षपछि अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

काठमाडौं । आज भन्दा दश वर्ष अघि अपहरण गरी मान्छे मारेको घटनामा फरार रहेका सौभाग्य मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज–१ पारिजात मार्गका २१ वर्षीय हिमाल बुढालाई २०६७ माघ ३ गते अपहरण गरी बन्धक बनाई मारेको आरोपमा मल्ल दोषी ठहरिएका थिए ।

नेपालगंज–१० भृकुटीनगरका ३० वर्षीय मल्ललाई गोरखामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

उनलाई आवश्यक कारबाहीको लागी जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।