दश वर्षपछि अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ
काठमाडौं । आज भन्दा दश वर्ष अघि अपहरण गरी मान्छे मारेको घटनामा फरार रहेका सौभाग्य मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज–१ पारिजात मार्गका २१ वर्षीय हिमाल बुढालाई २०६७ माघ ३ गते अपहरण गरी बन्धक बनाई मारेको आरोपमा मल्ल दोषी ठहरिएका थिए ।
नेपालगंज–१० भृकुटीनगरका ३० वर्षीय मल्ललाई गोरखामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
उनलाई आवश्यक कारबाहीको लागी जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया