स्पेनका राजालाई लाग्यो कोरोना
एजेन्सी । स्पेनका राजा फिलिप छैठौंलाई कोारेना भाइरस सङ्क्रमण पुष्टि भएको स्पेनी दरबार स्रोतले जानकारी गराएको छ । उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपनि सामान्य लक्षणहरू मात्र महशुस भएको बताइएको छ ।
सङ्क्रमणका हल्का लक्षणहरू देखिएपछि ५४–वर्षीय राजाले मङ्गलबार कोरोना सङ्क्रमण परीक्षण गराएका थिए । उनी एक हप्तासम्म अलग्गै बस्ने र यस अवधिमा आफ्नो आवासबाट ‘आफ्ना संस्थागत क्रियाकलापहरू’ गर्ने बताइएको छ ।
स्पेनी राजाले बुधबार नै राजधानी म्याड्रिडमा बोस्नियाली राष्ट्रपतिका क्रोएसियाली प्रतिनिधिजेल्ज्को कोमसिकसँग भेटवार्ता गरेका थिए ।
राजा फिलिपले २०२१ मे महिनामा कोरोना विरूद्धको पहिलो मात्रा खोप लगाएको दरबारका अधिकारीले जनाएका छन् । एएफपीले उनले अन्य खोप लगाए वा लगाएनन् भन्नेबारे फोनमार्फत् सोधिएको प्रश्नमा ती अधिकारीले थप खोपबारे कुरा गर्न चाहेनन् ।
राजालाई कोरोकना सङ्क्रमणपछि सामान्य लक्षण देखिएपनि रानी लेटिजिया र कान्छी छोरी सोफियामा भने लक्षणहरू देखिएका छैनन् । उनीहरूले सामान्य रूपमा आफ्ना क्रियाकलापलाई जारी राख्नेछन् । उनीहरूकी जेठी छोरी लियोनरले भने वेल्सस्थित एक आवासीय विद्यालयमा पढिरहेकी छिन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया