NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

विभिन्न सेवाका ३९ शाखा अधिकृतको बढुवा (नामावलीसहित)

काठमाडौं । विभिन्न सेवाका ३९ शाखा अधिकृतको नाम पदोन्नतिका लागि सिफारिस गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल लेखापरीक्षण सेवा र नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल इन्जिनियरिङ सेवाका शाखा अधिकृतको बढुवा सिफारिस गरेको हो ।

उपसचिवमा बढुवा सिफारिस गरिएका नेपाल लेखापरीक्षण सेवाका शाखा अधिकृतहरूमा केदारप्रसाद खकुरेल, अगबबाबुर पुरी, दुर्गाप्रसाद पन्थी, टीकानाथ अर्याल, तोयनारायण पौडेल, चन्द्रप्रकाश रेग्मी, सन्तोष शर्मा सापकोटा, विष्णुप्रसाद पौड्याल, कल्पना घिमिरे, यमनाथ खनाल, ध्रुव न्यौपाने, झवीन्द्रप्रसाद भण्डारी, गोविन्दप्रसाद धमला र हिरामणि निरौला छन् ।

नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाका कमल पौडेल र विनोद आचार्यको नाम पनि बढुवा सिफारिसमा परेको छ ।

नेपाल इन्जिनियरिङ सेवाका ८ जना शाखा अधिकृतलाई पनि बढुवा गर्न मन्त्रालयले सिफारिस गरेको छ । जसमा शोभा श्रेष्ठ, नवीन श्रेष्ठ, पुण्यराम सुलु, स्मिता शर्मा, सचिन्द्रकुमार यादव, रविचन्द्र पुरी, महेश्वरी खड्का र टंकप्रसाद खनाल छन् ।

नेपाल इन्जिनियरिङ सेवाकै हाइवे उपसमूहका १४ शाखा अधिकृतको पनि बढुवा सिफारिस भएको छ । पदोन्नतिका लागि सिफारिसमा परेकाहरूमा शोभा गिरी, वन्दना आचार्य, माधवप्रसाद अधिकारी, मुकुन्दप्रसाद लामिछाने, अमिन्द्र खड्का, प्रकाश पौडेल, शशांक मिश्र, राजेशकुमार यादव, छविलाल पौडेल, राजीव श्रेष्ठ, कमलकुमार साह, लीलाबहादुर भण्डारी, नवराज बास्तोला र केशवप्रसाद ओझा छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष