NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

आज घटे कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा आठ सय ३६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

चार हजार २६० पीसीआर परीक्षणमा ४९१ जना र दुई हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज संक्रमणका कारण चारजनाले ज्यान गुमाएका छन् ।

त्यस्तै एक हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष