NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

११ प्राविधिक अधिकृतको उपसचिवमा बढुवा

काठमाडौं । प्राविधिक सेवाका ११ शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इञ्जिनियरिङ सेवाका विभिन्न उपसमूहका शाखा अधिकृतको बढुवा सिफारिस गरेको हो ।

बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका विश्वराम प्रजापति, खड्गबहादुर चौधरी, कृष्णबहादुर महर्जन र दीपक श्रेष्ठको कार्यक्षमताको आधारमा बढुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, इरिगेसन उपसमूहका राजन श्रेष्ठ, राजेशभक्त पोखरेल, राजनराज भट्टराई र चक्रबहादुर सिंहको नाम पनि बढुवा सिफारिसमा परेको छ ।

हाइड्रोपावर, जनरल मेकानिकल र स्यानिटरीतर्फका क्रमशः दीपक मुडबरी, वसन्त कुमार र अरुणकुमार कर्ण पनि शाखा अधिकृतबाट उपसचिवमा पदोन्नति भएका छन् ।