११ प्राविधिक अधिकृतको उपसचिवमा बढुवा
काठमाडौं । प्राविधिक सेवाका ११ शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इञ्जिनियरिङ सेवाका विभिन्न उपसमूहका शाखा अधिकृतको बढुवा सिफारिस गरेको हो ।
बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका विश्वराम प्रजापति, खड्गबहादुर चौधरी, कृष्णबहादुर महर्जन र दीपक श्रेष्ठको कार्यक्षमताको आधारमा बढुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, इरिगेसन उपसमूहका राजन श्रेष्ठ, राजेशभक्त पोखरेल, राजनराज भट्टराई र चक्रबहादुर सिंहको नाम पनि बढुवा सिफारिसमा परेको छ ।
हाइड्रोपावर, जनरल मेकानिकल र स्यानिटरीतर्फका क्रमशः दीपक मुडबरी, वसन्त कुमार र अरुणकुमार कर्ण पनि शाखा अधिकृतबाट उपसचिवमा पदोन्नति भएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया