नक्कली बैंक ग्यारेन्टी पेश गर्ने ४ निर्माण कम्पनीलाई अख्तियारले बोलायो
काठमाडौं । चार निर्माण कम्पनीमाथि नक्कली बैंक ग्यारेन्टी र क्रेडिट लाइन पेश गरेर पेस्की रकम लिई अन्यत्र लगानी गरेको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको छ । उजुरीलगत्तै आयोगले त्यस्ता निर्माण कम्पनीलाई उपस्थित हुन सूचना जारी गरेको छ ।
डिभिजन सडक कार्यालय, सुर्खेतअन्तर्गतको ठेक्कामा नक्कली बैंक ग्यारेन्टी र क्रेडिट लाइन पेस गरी पेस्की लिएको उजुरीको आधारमा उपस्थित हुन १५ दिने सूचना जारी गरेको आयोगले जनाएको छ ।
उपस्थितिका लागि बोलाइएकामा टौदह कन्स्ट्रक्सन प्रालिका सञ्चालक राधाकृष्ण कार्की, बिटी निर्माण सेवा प्रालिका माधवप्रसाद भण्डारी, धमेन्द्र निर्माण सेवा प्रालिका विष्णुबहादुर डिसी र बिटी निर्माण सेवाकै प्रबन्ध निर्देशक राजकुमार भण्डारी छन् ।
सूचना प्रकाशित भएको १५ दिनभित्र आयोगको कोठा नं. ११४ मा सम्पर्क राख्न आयोगले भनेको छ । अन्यथा कानूनबमोजिम थप कारबाही हुने चेतावनी आयोगको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया