NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

उद्योग मन्त्रालयका सचिव फेरिए

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईको सरुवा गरेको छ । भट्टराईलाई सरकारले प्रधानमन्त्री तथान मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो ।

उनले बिहीबार नै आफ्नो सरुवाको पत्र बुझिसकेका छन् ।

भट्टराईको स्थानमा गणेश पाण्डेलाई लगिएको छ । पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट वाणिज्यमा तानिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन छ । मन्त्री नियुक्त गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई आफूसँगै राखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष