आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर मूल्य समायोजन भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर प्रयोजनको आज (फागुन १ गते) बुक क्लोज गरेको छ ।
माघ २७ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । आइएमईले १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०५ हकप्रद बिक्री गर्ने तयारी गरेको हो । यो हकप्रद बिक्रीपछि भने पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया