रुसमा बढ्न थाल्यो कोरोनाका बिरामी, एक दिनमै २ लाखभन्दा बढी संक्रमित
मस्को । रुसमा गएको २४ घन्टामा कोरोनाका धेरै संक्रमित देखिएका बताइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार त्यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी संक्रमित देखिएका जनाएको छ ।
त्यहाँ पछिल्ला केही दिनहरुमा बढी मात्रामा र अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिने गरेका छन् । रूसमा हरेक दिन अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित देखिने गरेका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यहाँ अहिलेसम्म एक करोड ३९ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ । त्यसैगरी त्याहाँको सरकारले बताए अनुसार गएको २४ घन्टामा नै कम्तीमा पनि ७२९ जना संक्रमितको निधन भएको छ ।
यो समेतगरी त्यहाँ अहिलेसम्म तीन लाख ३९ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया