NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

रुसमा बढ्न थाल्यो कोरोनाका बिरामी, एक दिनमै २ लाखभन्दा बढी संक्रमित

मस्को । रुसमा गएको २४ घन्टामा कोरोनाका धेरै संक्रमित देखिएका बताइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार त्यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी संक्रमित देखिएका जनाएको छ ।

त्यहाँ पछिल्ला केही दिनहरुमा बढी मात्रामा र अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिने गरेका छन् । रूसमा हरेक दिन अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित देखिने गरेका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यहाँ अहिलेसम्म एक करोड ३९ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ । त्यसैगरी त्याहाँको सरकारले बताए अनुसार गएको २४ घन्टामा नै कम्तीमा पनि ७२९ जना संक्रमितको निधन भएको छ ।

यो समेतगरी  त्यहाँ अहिलेसम्म तीन लाख ३९ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष