प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको छ ।
सत्तारूढ दलका सांसदले केहीबेर अघि बिहान ११ बजेर १० मिनेट जाँदा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
महाभियोग प्रस्ताव ९८ सांसदको हस्ताक्षर छ ।
प्रधानन्यायाधीश जबराका कतिपय फैसला र कार्यशैलीमाथि प्रश्न उठाउँदै नेपाल बार एसोसिएसन लामो समयदेखि आन्दोलनरत छन् । सुरुवातमा केही न्यायाधीशले पनि यसमा साथ दिएका थिए । तथापि, राजनीतिक दलले भने यसमा मौनता साध्दै आएका थिए । निर्वाचन घोषणापछि लामो मौनता तोड्दै सत्तारूढ दलले छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया