सर्वदलीय बैठकको निर्णय : संसद् खुलाउन पहल गर्ने सहमति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर अवरोध गर्दै आएको संसद्लाई सुचारु गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहमति भएको छ ।
आज सिंहदरबारमा बसेको बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने विषयमा दलहरूबीच सहमति भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए ।
‘आजको बैठकबाट संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति भएको छ,’ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘सदन सुचारु गर्नका लागि पहल गर्नेबारे महत्वपूर्ण रूपमा छलफलसमेत भएको छ ।’
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले भने सहभागी थिएन ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया