तीन शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस

काठमाडौं । शिक्षा सेवाका दुई र इन्जिनियरिङ सेवाका एक शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन २ गतेको बैठकले तीन शाखा अधिकृतको बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा परेका अधिकृतहरूमा जीवनबहादुर भण्डारी, प्रदीप भट्टराई छन् । दुवै जना शिक्षा सेवाका हुन् । त्यसैगरी, इन्जिनियरिङ सेवाका रुद्रबहादुर परियारको नाम पनि पदोन्नति हुने शाखा अधिकृतको सूचीमा छ ।
प्रतिक्रिया