एक लाख युवालाई जागीर खुल्दै, ५० दिनमा ६० हजार कमाउने अवसर
काठमाडौं । कोभिड–१९ को संक्रमणले अस्तव्यस्त बनेको श्रम बजारमा नयाँ रोजगारी सिर्जना हुने भएको छ । निर्वाचनको अवसरमा एक लाख १८ हजार युवाहरुले ५० दिनका लागि रोजगारी पाउने भएका हुन् ।
५० दिनका लागि झण्डै ६० हजार रुपैयाँप्राप्त गर्ने गरी सरकारले एक लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । उक्त प्रस्ताव गृह मन्त्रालयमा छलफलमा छ ।
सरकारले रोजगारी सिर्जना गर्नकै लागि मात्रै म्यादी प्रहरी भर्ना गर्न लागेको भने होईन ।
देशभर एकै चरणमा निर्वाचन घोषणा भएको र त्यसको सुरक्षाका लागि एक लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी आवश्यक पर्ने नेपाल प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको भर्ना, छनौट, नियुक्ति, तालिम एवमं पारिश्रमिकका लागि ७ अर्व एन्नाइस लाख खर्च हुने पनि जनाएको छ ।
निर्वाचनको तयारीमा जुटेको सुरक्षा निकायहरुले हिमाल, पहाडमा विप्लव नेतृत्वको नेकपा र मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टीलाई मुख्य सुरक्षा चुनौतीको रुपमा लिएको छ ।
यसबाहेक सुरक्षा निकायले ११ बुँदाको सुरक्षा चुनौती बिश्लेषण गरेको छ । एकै चरणमा निर्वाचन सम्पन्न हुने निर्वाचन सुरक्षामा साविकको सुरक्षा निकायमा भएको कर्मचारीले मात्रै नधान्ने निष्कर्ष सहित एक लाख भन्दा बढी म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई अति आवश्यक भन्दै निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि सात अर्ब १९ करोड ९४ लाख पाँच हजार आठ सय १९ रूपैयाँ माग गरेको हो ।
प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीलाई पारिश्रामिक, पोशाक, खाद्यन्न, स्थानीय भत्ता, अन्य भत्ता, पानी तथा विजुली, अन्य कार्य सञ्चालन खर्च, कर्मचारी तालिम खर्च, भ्रमण खर्च, विविध खर्र्च, घर भाडा लगायतका शिर्षकमा रकम माग गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया